सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक बस्दै नबसी स्थगित


काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटीको आज निर्धारित बैठक बस्दै नबसी स्थगित भएको छ । बैठक सोमबारसम्मका लागि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आन्तरिक छलफलमै रहेकाले बैठक स्थगित गरिएको बताइएको छ ।

शुक्रबार दुवै अध्यक्षले तीन घण्टा छलफल गरेका थिए भने शनिबार स्थायी कमिटी बैठक बस्नु अघि फेरि छलफलमा जुट्ने बताइएको थियो शुक्रबारको छलफलमा दुबै अध्यक्ष पुरानै अडानमा रहेका कारण कुनै सहमति भएको थिएन । स्थायी कमिटीका बहुमत सदस्य ओलीले अध्यक्ष र प्रधानमन्त्री दुबै पद त्याग्नु पर्ने पक्षमा छन् ।

तर ओली दुबै पद नछाड्ने अडानमा छन् । यही विवादका बीच प्रधानमन्त्रीले संसद अधिवेशन अन्त्य गरेका छन् भने अध्यादेश ल्याएर दल विभाजन गर्ने आशंक समेत गरिएको छ ।