नविन न्यौपाने राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त


काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नविन न्यौपानेलाई राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

बिहीबार एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा एन्फाका महासचिव किरण राईले न्यौपानेलाई नियुक्तिपत्र प्रदान गरेका हुन् । उनको कार्यकाल सन् २०२६ मा हुने साफ महिला च्याम्पियनशिपसम्म रहनेछ ।

त्यस्तै, भाग्यवती थापा र राजकुमार केसीलाई टिमका सहायक प्रशिक्षक घोषणा गरिएको छ। बिन्द्रा देवकोटा टिम म्यानेजर, शिला गिरी फिजियोथेरापिस्ट र विकास गुरुङ किट म्यानेजरको जिम्मेवारीमा निरन्तर रहने एन्फाले जनाएको छ।