काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच करिव तीन घण्टा छलफल भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा शुक्रबार उनीहरुबीच करिब तीन घण्टा छलफल भएको हो । छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए ।
पार्टीमा देखिएको संकट समाधानका लाागि भन्दै नेकपाले जारी स्थायी कमिटी बैठक स्थगित शीर्ष नेताहरु छलफल जुटेका हुन् । नेकपा स्थायी कमिटी बैठकमा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठेपछि पार्टीभित्र विवाद उत्कर्षमा पुगेको छ । छलफल सकारात्मक रहेको बताइएपनि थप जानकारी केही दिइएको छैन । शनिबार स्थायी कमिटीको बैठक अघि फेरि दुई अध्यक्षबीच छलफल हुने बताइएको छ ।

प्रतिक्रिया