काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पृथ्वी राजमार्ग र मुग्लिङ नारायणगढ सडकले अब मुलुकको यातायात चाप धान्न नसक्ने भएकाले वैकल्पिक सडक निर्माण गर्नुपर्ने बताएका छन् ।
ठाउँ ठाउँमा पहिरो खस्ने, खोलाले तान्ने जस्ता समस्याले हरेक वर्ष जनधनको ठूलो क्षति भएकाले विकल्पमा नारायणगढ पुग्ने आधुनिक द्रुतमार्ग निर्माण सुरु गर्न उनले सुझाव दिएका हुन् ।
उनले भनेका छन्, ‘ठाउँ–ठाउँमा पहिरो खस्ने, खोलाले तान्ने, पृथ्वी राजमार्ग र मुग्लिङ्ग नारायणघाट सडकले अब मुलुकको यातायात चाप धान्न सक्दैन। हरेक वर्ष जनधनको ठूलो क्षति व्यहोर्नुपरेको आवागमनमा अत्यधिक दुःख र आर्थिक विकासको बाधा हटाउन मैले प्रस्ताव गरेको १ घण्टामा नारायणघाट पुग्ने आधुनिक द्रुतमार्ग निर्माण सुरु गरौं।’

प्रतिक्रिया