काठमाडौं । साझा यातायातले काठमाडौंबाट नारायणगढसम्म बस सञ्चालन शुरु भएको गरेको छ । साझाले आजदेखि कोजाग्रत पूर्णिमासम्मका लागि काठमाडौं-नारायणगढ बस सेवा सुरु गरेको हो ।
नारायणगढ जाने बस पुल्चोक साझा यातयातबाट बस निस्कने र लगनखेल सातदोबाटो– कोटेश्वर–गौशाला–चक्रपथ– गोगँबु बसपार्क हुँदै कलंकीबाट बस प्रस्थान गर्नेछन् ।
कलकीबाट बिहान ७ बजेदेखि शुरु भई प्रत्येक १ घण्टाको अन्तरमा यात्रु लिएर बस प्रस्थान गर्नेछन् । यसरी, क्रमशः विहान ७ बजे, ८ बजे, ९ बजे, १० बजे, ११ बजे र १२ बजे नारायणगढका लागि बसहरु प्रस्थान गर्ने साझा यातायातले जनाएको छ ।
यात्रा गरे वापत यात्रुहरुले एकतर्फी भाडा तीन सय रुपैयाँ बुझाई अनिवार्य रुपमा टिकट लिन साझाले आग्रह गरेको छ ।


प्रतिक्रिया