मुग्लिन । मुग्लिन–नागढुंगा सडक खण्डअन्तर्गत धादिङो जवाङ्ग खोला नजिकै पहिरो जाँदा सडक अवरुद्ध बनेको छ । सडक डिभिजन भरतपुरका अनुसार राति पहिरो खसेपछि सडक दुवैतर्फ अवरुद्ध भएको हो ।
सवारी साधनले लेन अनुशासन पालना नगर्दा पहिरो पन्छाउने उपकर पहिरो गएको क्षेत्रमा पुग्नसमेत समस्या भएको सडक डिभिजन कार्यालयले जनाएको छ । पहिरोले सडक अवरुद्ध भएको र पहिरो पन्छाउने मेशिनसमेत नपुगेकाले वैकल्पिक सडक हुँदै सुरक्षित यात्रा गर्न सडक डिभिजनको अनुरोध छ ।

प्रतिक्रिया