तीन दिनपछि खुल्यो नारायणगढ–मुग्लिन सडक, हटाइयो तुइनखोलाको पहिरो


चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको तुइनखोलाको पहिलो हटाएर यातायात संचालन भएको छ । सडक डिभिजन कार्यालय, चितवनले दुवैतर्फबाट मेसिनहरू निरन्तर काम लगाएर पहिरो हटाइसकिएको र सडक आवागमन सुचा गरिएको जानकारी दिएको हो ।

शुक्रबार साँझदेखि बन्द भएको सडक आइतबार अपरान्ह ४ः१५ बजेमात्र पहिलो हटाएर संचालनमा आएको हो । शनिबार दिनभर पहिरो हटाउने प्रयास भएको भएपनि पहिरो आउन क्रम नरोकिएका कारण आइतबार बिहान ३ बजेसम्मलाई स्थगन गरिएको थियो ।

सडक डिभिजन कार्यालय, चितवनले नारायणगढतर्फ ३ वटा स्काभेटर लोडर र मुग्लिङतर्फ पनि ३ वटै स्काभेटर लोडर प्रयोग गरेर पहिरो पन्छ्याएको हो । माथिबाट पहिरो नखसेका कारण सडक संचालनमा आएकोसडक डिभिजन कार्यालय, चितवनका प्रमुख नारायणप्रसाद लामिछानेले जानकारी दिए ।