काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीको हक अधिकार कटौती नगर्ने आश्वासन दिएका छन् । संघीय निजामती सेवा विधेयक कर्मचारी विरोधी रहेको भन्दै आफूलाई भेट्न आएका कर्मचारीहरुलाई प्रधानमन्त्रीले सरकार कर्मचारीका हक अधिकार कटौती गर्ने पक्षमा नरहेको बताएका हुन् ।
कर्मचारीहले राज्य व्यवस्था समितिद्वारा पारित विधेयकमा समावेश गरिएका असहमतिका बुँदाहरूबारे प्रधानमन्त्रीलाई जानकारी गराउँदै मागपत्र बुझाएका छन् । उनीहरुले आफूहरुलाई विधेयक मान्य नहुने बताएका छन् ।





प्रतिक्रिया