काठमाडौँ । ‘इनअफ इज इनअफ’ अभियानका अभियन्ता इशान अधिकारीसहितका युवा अभियन्ताहरु कोरोना भाइरसबाट जनताको जीवन रक्षाको माग गर्दै सत्याग्रह थालेको मंगलबार पाँच दिन भइसकोको छ ।
उनीहरुले शुक्रबार दिउँसो १ बजेदेखि आमरण अनशन थालेका हुन् । उनीहरु पाटनको कृष्ण मन्दिर क्षेत्रमा सत्याग्रहमा बसेका छन्। शुक्रबार राति इशानलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेर शनिबार पुनः रिहा गरेको थियो ।पीसीआर परीक्षणको दायरा बढाउन, क्वारेन्टिन व्यवस्थित बनाउन, जीवन र मृत्युसँग जोडिएको विषयमा भ्रष्टाचार रोक्न, अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन, सर्वोच्च अदालतका आदेशको कार्यान्वयन गर्नुपर्ने लगायतका माग राख्दै उनीहरुले सत्याग्रह सुरु गरेका हुन् ।
उनीहरुको अभियानमा साथ दिनेहरु दिनदिनै बढ्दै गएका छन् । उनीहरुले माग सम्बोधन नगरुन्जेल आफू सत्याग्रहमा बस्ने बताएका छन् ।
फोटोः सगुन लावती ।














प्रतिक्रिया