सेनालाई देखेपछि नेपाली २ लाख ३२ हजार र २५ सय डलर छाडेर फरार


काठमाडौं । मंगलबार रातिदेखि देशैभर नेपाली सेनाको नेतृत्वमा सुरक्षा निकायहरु परिचालन भएपपछि बुधबार बिहान १० बजेबाट दिउसोको १ बजेसम्म महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केट लुटपाटमा संलग्न ४ जना पक्राउ परेका छन् ।

त्यसैगरी डिल्लीबजार – नारायणथान क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरुले सुरक्षा फौजलाई देखेपश्चात छोडेर भागेको २ लाख ३२ हजार ५ सय रुपैयाँ र अमेरिकी डलर २५ सय बरामद गरिएको नेपाली सेनाले जनाएको छ ।

सुरक्षाकर्मीबाट लुटिएका थप हतियार १ नालसहित हालसम्म जम्मा ३२ नाल हतियार बरामद भएको सेनाले जनाएको छ । साथै, डडेलधुरास्थित जिल्ला कारागारबाट निस्केर भागेका कैदीवन्दीहरु मध्ये २६ जनालाई नियन्त्रणमा लिइएको तथा काठमाडौंको डिल्लीबजारस्थित सदर कारागारबाट भाग्ने प्रयास गरेका कैदीवन्दीहरुलाई रोकिएको सेनाले जानकारी दिएको छ ।