जेनजीका प्रतिनिधिलाई वार्तामा बस्न राष्ट्रपतिको आह्वान


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी नागरिकलगायत सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेकाले अहिलेको विषम परिस्थितिबाट मूलुक, जनता र लोकतन्त्रलाई माया गर्दै समस्या समाधानका लागि सबै पक्षले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले लोकतन्त्रमा नागरिकले उठाएका मागहरू जेनजीका प्रतिनिधिसमेत बसी वार्ता र संवाद मार्फत समाधान गर्न सकिने भएकाले संयमित हुन र वार्तामा आउन सबै पक्षलाई अपील गरेका छन् ।