काठमाडौं । भक्तपुरको बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी भएको छ । प्रदर्शनकारीहरूले ओली निवासमा आगजनी गरेका हुन् ।
सोमबार भएको जेनजी प्रदर्शनका क्रममा १९ जनाले ज्यान गुमाएपछि आन्दोलनकारी थप आक्रोशित भएका छन् । आज बिहानैबाट देशभर प्रदर्शन चर्कदै गएको छ । आन्दोनलकारीले पार्टी कार्यालयहरु, शीर्ष नेतृत्वका घरहरुमा आजगनीमा उत्रिएका छन् ।

प्रतिक्रिया