नेताहरुलाई हेलिकप्टरबाट सुरक्षित स्थानमा लैजाँदै सेना


काठमाडौं । जेनजी पुस्ताको आन्दोलन उग्र बनेपछि सुरक्षा निकायले नेतालाई हेलिकप्टरबाट उद्दार गरी सुरक्षित स्थानमा लैजान सुरु गरेको छ । नेपाली सेनाको हेलिकोप्टरबाट केही मन्त्री र नेताहरुको उद्धार गरेको छ ।

मन्त्री निवासबाट उनीहरुलाई हेलिकोप्टरमा राखेर सेनाको ब्यारेक पुर्याएको हो । भैंसेपाटीस्थित मन्त्री निवासमा तीनवटा हेलिकप्टर पुगेका थिए ।