जेनजीको वीरगंजमा पनि प्रदर्शन


वीरगंज । जेनजी पुस्ताले वीरगंजको घण्टाघरमा प्रदर्शन गरेका छन् । उनीहरुले घण्टाघरबाट प्रदर्शन सुरु गरी नगरपरिक्रमा गरेका थिए ।

प्रदर्शनपछि आयोजित कोण सभामा वक्ताहरूले सामाजिक सञ्जाललाई प्रभावकारी ढङ्गले सञ्चालन गर्नुपर्ने, देशमा मौलाइरहेको भ्रष्टाचार अन्त्य गर्न राज्यले पहल गर्नुपर्ने र युवापुस्तालाई नेतृत्वमा अघि ल्याउनुपर्ने माग राखेका छन् ।

उनीहरुले आफूहरुको माग पूरा नहुन्जेलसम्म जारी रहने चेतावनी दिएका छन् ।