काठमाडौं । वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले अब उमेर भएकाले आफ्नो कार्य क्षमता सुधार्ने र उमेर पुगेकाले युवा पुस्तालाई हस्तान्तरण गर्नु नै उत्तम हुने बताएका छन् ।
जेनजी पुस्ताले आज काठमाडौंमा गर्न लागेको प्रदर्शनलाई लक्षित गर्दै आचार्यले यस्तो बताका हुन् । उनले आफ्नो घरछेउको पिच गरेको सडक केही समयमै भत्किएको तस्बिर राख्दै यो सडक किन यति चाँडै भत्कियो भन्दै प्रश्न गरेका छन् ।
उनले भनेका छन्, ‘जेनजी पुस्ता, मेरो घर छेउको बाटो पिच गरेको केही समयमै भत्कियो । म हरेक दिन मनमा सोच्दै थिए यो बाटो यति चाँडो कसरी भत्कियो ? हरेक दिन त्यही बाटो हिड्छु तर सोच्छु मात्र । तर अहिलेको पुस्ता यस्ता प्रश्न मन भित्र मात्र सोच्दैनन् । प्रश्न उठाउँछन्, जनताको करले बनेको बाटो किन भत्कियो ? कसरी भत्कियो ? यसको जिम्मेवारी कसको ? यो एउटा सानो उदाहरण मात्र हो आजका पुस्ताले प्रश्न गरेका । आज उठेको आवाज कुनै व्यवस्थाविरुद्वको आवाज होइन तर यो व्यवस्था हाकिराख्नु भएका सबै दलका नेता र कर्मचारीको कार्य माथिको प्रश्न हो । जनताले तपाईंहरुबाट अहिले गरिराख्नु भएको भन्दा धेरै आशा गरेका छन् । अब उमेर भएकाले आफ्नो कार्य क्षमता सुधार्ने र उमेर पुगेकाले युवा पुस्तालाई हस्तान्तरण गर्नु नै उत्तम हुनेछ ।’

प्रतिक्रिया