काठमाडौं । सामाजिक सञ्जाल बन्द र देशमा व्याप्त भ्रष्टाचार तथा बेतिथिविरुद्ध जेनजी पुस्ताले आज काठमाडौँमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्दैछन् ।
आज बिहान ११ बजे काठमाडौँको माइतीघर क्षेत्रमा भेला भएर जेनजी पुस्ताले प्रदर्शन गर्न लागेको हो । सरकारले फेसबुकसहितका सामाजिक सञ्जाललाई निस्क्रिय बनाएपछि जेनजी पुस्ता ‘भ्रष्टाचारलगायत देशमा व्याप्त सम्पूर्ण बेथिति विरुद्ध’ भन्दै प्रदर्शनमा उत्रन लागेको हो ।
माइतीघरदेखि नयाँ बानेश्वरको एभरेस्ट होटलसम्मको बीचमा जेनजी पुस्ताले प्रदर्शनको तयारी गरेको छ । जेनजी युवापुस्ताका तर्फबाट आइतबार सूचना जारी गर्दै प्रदर्शन शान्तिपूर्ण हुने भनिएको छ ।
सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएको पुस्तालाई जेनजी पुस्ता भन्ने गरिएको छ। आजको प्रदर्शनमा २८ वर्ष उमेरसम्मका युवाहरू सहभागी हुने बताइएको छ ।
‘नेप्लिज स्टुडेन्ट्स फर जस्टिस’को आयोजनामा हुन लागेको प्रदर्शनमा विभिन्न संघसंस्थ्था र व्यक्तिहरूले पनि एक्यवद्धता जनाएका छन् । विद्यार्थी पोसाक लगाएर परिचयपत्रसहित माइतीघर मण्डलामा उपस्थित भएर देशमा व्याप्त भ्रष्टाचार र बेतिथि अन्त्यका लागि खबरदारी गर्नसमेत उनीहरूले आह्वान गरेका छन्।

प्रतिक्रिया