बुटवल । छिपछिपे सहकारी ठगी प्रकरणमा जोडिएकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद गीता बस्नेत १५ लाख धरौटी बुझाएर रिहा भएकी छन् । बुधबार जिल्ला अदालत पूर्वीनवलपरासीका न्यायाधीश कमलप्रसाद ज्ञावालीको इजलासले बस्नेतलाई १५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
बस्नेत १५ लाख धरौटी बुझाएर रिहा भएकी छन् । सहकारी ठगीपछि उनी एकवर्षदेखि फरार थिइन् । फरार रहेकी सांसद बस्नेत बुधबार अदालतमा उपस्थित भएकी थिइन् ।
बस्नेत राप्रपाबाट समानुपातिकतर्फकी प्रतिनिधिसभा सदस्य हुन् । बस्नेतका ज्वाइँ नगेन्द्र रिमाल छिपछिपे सहकारीको सचिव भएको अवस्थामा रकम कृष्णसार रिसोर्टमा ऐनविपरीत लगानी भएको अनुसन्धानले देखाएको थियो । रिमाल हाल थुनामै छन् ।

प्रतिक्रिया