न्याय सेवाको बैठकले गर्यो ठूलो संख्यामा कर्मचारीको सरुवा


काठमाडौं । न्याय सेवा आयोगले ३० जना कर्मचारीको सरूवा गरेको छ । बुधबार न्याय सेवा आयोगको बैठकले न्याय समूहका आठ जना सहसचिव, सरकारी वकिलतर्फ ९ जना, न्याय सेवाका एक जना उपसचिव, सरकारी वकिलतर्फ १२ जना उपसचिव सरहका कर्मचारीको सरूवा गरेको हो ।