रुसी सेना युक्रेनको ड्निप्रोपेत्रोभ्स्क क्षेत्रमा प्रवेश


बीबीसी । युक्रेनी सेनाले रूसको सेना पूर्वी औद्योगिक क्षेत्र ड्नप्रोपेत्रोभ्स्क प्रवेश गरेको स्वीकार गरेको छ । ड्निप्रो अपरेशनल–स्ट्राटेजिक ग्रुप अफ ट्रुप्सका अधिकारी भिक्टर त्रेहुबोभले बीबीसीसँग कुरा गर्दै भने, ‘ड्निप्रोपेत्रोभ्स्क क्षेत्रमा यस्तो ठूलो स्तरको यो पहिलो आक्रमण हो ।’

रुसी सेना डोनेट्स्क क्षेत्रबाट अझ गहिरो युक्रेनी भूमिमा धकेल्न प्रयासरत रहेको बताइएको छ । जुन महिनामा नै रूसी अधिकारीहरूले आक्रमण सुरु भएको बताएका थिए। तर पछिल्ला युक्रेनी प्रतिवेदनअनुसार रूसी सेना मुश्किलले मात्र क्षेत्रीय सिमाना पार गर्न सफल भएका छन् ।

यो युक्रेनी सेनाको मनोबलका लागि ठूलो आघात पुग्ने विश्लेषण गरिएको छ । युक्रेनी डीपस्टेट नामक नक्सा परियोजनाले रूसले क्षेत्रभित्रका दुई गाउँ, जापोरिज्के र नोभोहरिहोरिभ्का कब्जा गरेको मूल्याङ्कन गरेको छ। तर युक्रेनी सशस्त्र बलको मुख्यालयले यो दाबी अस्वीकार गरेको छ। सेनाले विज्ञप्तिमा भनेको छ, ‘जापोरिज्के अझै पनि हाम्रो नियन्त्रणमा छ, र नोभोहरिहोरिभ्का क्षेत्रमा सक्रिय लडाइँ जारी छ।’