श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमसिङ्घलाई धरौटीमा रिहा गर्न आदेश


बीबीसी । श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमसिङ्घलाई धरौटीमा रिहा गर्न कोलम्बोको एक अदालतले आदेश दिएको छ । अदालतले मंगलबार उनलाई तीनवटा मुद्दाका लागि ५०-५० लाख रुपैयाँ धरौटी माग गरेको हो ।

विक्रमसिङ्घ गत शुक्रबार पक्राउ परेका थिए । त्यसयता उनलाई हिरासतमा राखिएको छ । विक्रमसिङ्घको स्वास्थ्य अवस्थाबारे अदालतलाई बुझाइएको प्रतिवेदनलाई ध्यान दिएर यस्तो आदेश दिइएको बताइएको छ ।

राष्ट्रपति भएकै बेला भएको उनको विदेश भ्रमणसँग जोडिएका तीनवटा अभियोग उनीमाथि लगाइएको छ।