कायरो । इजरायलले यमनको राजधानी सानामा इरान समर्थित हुथी विद्रोहीहरूलाई लक्षित गर्दै हवाई आक्रमण गरेको छ । यो आक्रमण हुथीहरूले केही दिनअघि इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेपछि भएको हो ।
इजरायली सेनाले यसलाई २०२३ यताकै पहिलो क्लस्टर बम आक्रमण भएको बताएको छ । हुथी नियन्त्रणमा रहेको स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा कम्तीमा ४ जनाको मृत्यु भएको छ भने ६७ जना घाइते भएका छन्।
हुथी सञ्चालित अल–मसिरा टेलिभिजनले तेल कम्पनीमा आक्रमण भएको जनाउँदै आगलागी भएको भिडियो सार्वजनिक गरेको छ । इजरायली सेनाले असार र हिजाज पावर प्लान्टसहित राष्ट्रपतिको महल रहेको क्षेत्रलाई निशाना बनाएको दाबी गरेको छ ।
सेनाका अनुसार यी पूर्वाधारहरू ‘सैन्य गतिविधिका लागि महत्वपूर्ण विद्युत आपूर्ति केन्द्र’ हुन् । हुथीहरूले गाजा युद्धबीच करिब २२ महिनादेखि इजरायलतर्फ क्षेप्यास्त्र र ड्रोन प्रहार गर्दै आएका छन् ।

प्रतिक्रिया