शेयर बजारमा ५ अर्ब २० करोड रुपैयाँको कारोबार


काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार नेप्से घटेको छ । बुधबार नेप्से आज ९ दशमलव ७० अङ्कले घटेर २ हजार ७ सय ६७ दशमलव २० विन्दुमा झरेको छ ।

आज होटल र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा व्यापार समूहको शेयर १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । आज १ सय ८८ वटा कम्पनीको शेयर घट्दा ५९ वटाको बढेको छ । यस्तै २ वटा कम्पनीका शेयर घटबढ भएन । आज पञ्चकन्या माई हाइड्रोपावर कम्पनीको शेयर ९ प्रतिशतले घटेको छ ।

समग्रमा बजार घटेको दिन विकास हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । आज ३२३ वटा कम्पनीको १ करोड ५२ लाख कित्ता शेयर ५ अर्ब २० करोड रुपैयाँमा किनबेच भएको छ । लगातार ३ दिनयता कारोबार रकम घटिरहेको छ ।