काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्से बढेको छ । सोमबार नेप्से ९ दशमलव १६ अङ्कले बढेर २ हजार ७ सय ७० दशमलव ३९ विन्दुमा पुगेको छ ।
आज म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा व्यापार समूहको शेयर १ दशमलव २९ प्रतिशतले उकालो लागेको छ ।आज युनियन हाइड्रोपावर लिमिटेडको शेयर ६ दशमलव १० प्रतिशतले बढेको छ ।
बजार सामान्य बढेको दिन सम्पदा लघुवित्त कम्पनीको शेयर भने ४ दशमलव ८१ प्रतिशतले घटेको छ । आज ३ सय २० वटा कम्पनीको १ करोड ५२ लाख कित्ता शेयर ६ अर्ब १७ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया