काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाईका लागि सरकारले पहिल गरिरहेको बताएका छन् । विपिनकी आमा र बहिनीले आइतबार इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग भेट गरेको खबर सार्वजनिक भएपछि प्रधानमन्त्रीको यस्तो भनाई आएको हो ।
प्रधानमन्त्री ओलीले यसअघि मध्यपूर्वको शान्तिका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग गत चैत ७ गते र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग गत फागुन २८ गते आफूले यस विषयमा ध्यानाकर्षण गर्दै फोन संवाद गरेको उल्लेख गरेका छन् । उनले सरकार विपिनको सुरक्षालाई प्राथमिकता दिंदै हर सम्भव पहलमा जुटिरहेको बताएका छन् ।

प्रतिक्रिया