काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से आरोलो लागेको छ । आइतबार नेप्से २७.१४ अंकले घटेर २७६१.२२ बिन्दुमा रोकिएको छ । यसअघि बिहीबार नेप्से २.६२ अंकले बढेको थियो ।
आज नेप्सेमा कुल ७ अर्ब ७३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार कारोबारमा आएकामध्ये ५८ कम्पनीको सेयर मूल्य बढ्दा १९१ कम्पनीको घटेको छ ।
आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, नेपाल रिपब्लिक मिडिया, एनआरएन इन्फ्रास्ट्रक्चर र शिवम् सिमेन्ट छन् ।

प्रतिक्रिया