भारतीय विदेश सचिव काठमाडौंमा


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिन भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौँ आइपुगेका छन् । भारतीय वायुसेनाको विमानबाट विदेश सचिव मिश्री आज बिहान काठमाडौं आएका हुन् ।

मिश्रीले प्रधानमन्त्री ओलीसँग भेटेर प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट भारत भ्रमणको औपचारिक निमन्त्रणा हस्तान्तरण गर्नेछन् । भारतले प्रधानमन्त्री ओलीलाई यही भदौ ३१ देखि भ्रमणका लागि बोलाएको छ ।

नेपाल भ्रमणका क्रममा विदेश सचिव मिश्रीले राष्ट्रपति, परराष्ट्रमन्त्री, परराष्ट्रसचिव लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनी सोमबार स्वदेश फर्किनेछन्।