ठमेलबाट ११५ केजी बुद्धचित्तको माला र श्रोत नखुलेको १२ लाख नगदसहित दुई चिनियाँ पक्राउ


काठमाडौं । प्रहरीले ठूलो परिमाणमा बुद्धचित्तको मालासहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बुधबार राति ठमेलबाट ११५.६५ किलो बुद्धचित्तको माला र श्रोख नखुलेको १२ लाख ७० हजार नगदसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको परिसरका एसपी अपीलराज बोहोराले जानकारी दिएका छन् ।

उनीहरुकाबारेमा थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।