काठमाडौं । सोमबार शेयर बजार नेप्से उच्च अंकले घटेको छ । सोमबार नेप्से २७.९० अंकले घटेको छ । आज कुल ३२४ स्टकको १० अर्ब २१ करोड १ लाख ४२ हजार ३०८ रुपैयाँ बराबरको २ करोड ५० लाख ९२ हजार ४९० कित्ता शेयर कारोबार भएको छ ।
आज सेन्सेटिभ इन्डेक्स ४.७४ अंकले घटेको छ । फ्लोट इण्डेक्स २.१० अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने १.७३ अंकले घटेको छ । आज रिभरफल्स पावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३६.८७ रुपैयाँले बढेर ४०६.१० रुपैयाँमा अन्तिम कारोबार भएको छ । पञ्चकन्यामाइ हाइड्रोपावरको शेयर मूल्य २६.१६ रुपैयाँले बढेर प्रतिकित्ता ४०६.७६ रुपैयाँमा अन्तिम कारोबार गरेको छ ।
त्यसैगरी सिद्र्धाथ इन्भेस्टमेनट ग्रोथ स्किमको शेयर मूल्य प्रतिकित्ता ०.४५ रुपैयाँले बढेर ११.३० रुपैयाँमा अन्तिम कारोबार भएको छ । आज शिवम सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स लिमिटेड, नेपाल रिइन्स्योरेनस लिमिटेड र साहस उर्जा लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै कारोबार भएको छ ।

प्रतिक्रिया