कान्छारामको कम्पनी कालोसूचीमा राख्ने तयारी, स्पष्टीकण बुझाउन सात दिनको म्याद


काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले कान्छाराम कन्स्ट्रक्सनसहित २२ वटा ठेकेदार कम्पनीलाई सात दिने स्पष्टीकरण सोधेको छ ।

यसअघि अटेर गरी स्पष्टीकरण नबुझाएको भन्दै कार्यालयले फेरि सात दिनभित्र लिखित स्पष्टीकरण बुझाउन आग्रह गरेको हो । स्पष्टीकरण चित्तबुझ्दो नभए कालोसूचीमा राख्ने कार्यालयले तयारी गरेको छ ।

सम्बन्धित कार्यालयले कालोसूचीमा राख्न भनेर सिफारिस गरेकाले सातदिने स्पष्टीकरण मागिएको कार्यालयले जनाएको छ ।