पोखराबाट आफ्नै थातथलो फर्कियो सिन्धुलीको हायू परिवार, वडाध्यक्षले बसोबासको व्यवस्था मिलाउने


पोखरा । सिन्धुलीको हायू परिवार आफनै थातथलो फर्किएको छ । सिन्धुलीबाट एक्कासी पोखरा आइपुगेको हायू परिवार पोखराको गगनगौंडामा सोमनाथ र चन्द्रको घरमा आश्रय लिएर आएको थियो ।

उनीहरूलाई सोमबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बसको व्यवस्था गरी बिदाइ उनीहरूको इच्छाअनुसार बिदाइ गरेका हुन् । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाको हायु परिवारका सदस्य कास्कीको गगनगौंडामा बसेका थिए ।

उक्त वडाका अध्यक्ष रविन कुमार श्रेष्ठले उनीहरूका लागि सिन्धुलीमा थप व्यवस्था गर्ने बताएका छन् । वडाध्यक्ष श्रेष्ठले उनीहरुको ऋण तिर्न पनि समन्वय गरिदिने बताएका छन् । उनले हायू परिवारलाई अहिले आफ्नै घरमा राख्ने र पछि उचित स्थानमा जग्गा खोजेर घर बनाइदिने बताएका छन् ।

आवश्यक परे थप सहयोगमा लागि आफूहरू तयार रहेको नगर प्रमुख आचार्यले बताएका छन् । घरबाट हायू परिवारका १६ जना एकाएक सम्पर्कविहीन भएपछि देशभर खोजी सुरु भएको थियो । पछि उनीहरु पोखरामा भएको पत्ता लागेको थियो । त्यसपछि वडाध्यक्ष श्रेष्ठ गत सोमबारदेखि पोखरामै थिए ।