प्रचण्डलाई प्रश्नः तपाईंले पनि आत्मआलोचना गर्ने हो ? जवाफः जसले गल्ती गर्छ उसले आत्मआलोचना गर्नुपर्छ


काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र गल्ती गर्नेले आत्मालोचना गर्नुपर्ने बताएका छन् ।

आइतबार पार्टी स्थायी समिति बैठकबाट बाहिरिने क्रममा पार्टी कार्यालय पेरिसडाँडामा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले गल्ती गर्नेले आत्मालोचना गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘जसले गल्ती गर्यो उसले आत्मालोचना गर्नुपर्छ ।’ आइतबारको बैठकमा उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्षले आत्मालोचना गरे आफूले पनि गर्न तयार भएको बताएका थिए ।

उनले भनेका थिए, ‘पहिलो निर्वाचनमा हामीले ३१ लाख भोट पाएका थियौं । तर अहिले किन ११ लाखमा झर्यो ? यसमा मेरो दोष छ भने भोग्न तयार छु । अरु चाहिँ हुने कि नहुने ?’

यसअघिका बैठकमा नेताहरुले पार्टी अध्यक्षको आलोचना गरेको भन्दै उपमहासचिव शर्माले आत्मालोचना गर्नुपर्ने बताएका थिए ।