काठमाडौं । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघले स्थायी कमिटी सदस्यसहित तीन जनालाई स्पष्टीकरण सोधेको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेको भन्दै तीन जनालाई कारबाहीका लागि स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
महासंघले स्थायी किमिटी सदस्य तथा केन्द्रीय कमिटी सदस्यहरू हरिवंश कडरिया, कमलमणि गौतम र हरि बर्तौलालाई स्पष्टीकरणसहित कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । महासङ्घले पार्टी केन्द्रको ५४औँ सचिवालय बैठक र केन्द्रीय कमिटीको नवौँ बैठकको निर्णयको अवज्ञा गर्दै अराजक ढंगले सामाजिक सञ्जालमा केही चित्रसहित अभिव्यक्ति राख्ने काम भएको भन्दै तीन नेतालाई कारबाही प्रक्रिया अघि बढाएको हो ।
यसअघि राष्ट्रिय युवा सङ्घ नेपालले लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेललाई निलम्बन गरेको थियो । खरेलले सामाजिक सञ्जालमा एमालेको आगामी नेतृत्वमा विद्यादेवी भण्डारीलाई ल्याउनु पर्ने धारणा सार्वजनिक रूपमा राख्दै आएका थिए ।


प्रतिक्रिया