बल्ल भयो मधेसमा वर्षा, किसानलाई राहत


काठमाडौं । खडेरीले आक्रान्त मधेसमा वर्षा भएको छ । पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टाको विवरण अनुसार धनुषाको तुल्सीमा ६३.८ मिलिमिटर, हर्दिनाथमा ५१ मिलिमिटर, रौतहटको गौरमा ४४.६ मिलिमिटर र बाराको अमलेखगंजमा ४७ मिलिमिटर वर्षा भएको छ।

मधेश प्रदेशका बाँकीका केही स्थानहरूमा पनि हल्का देखि मध्यम वर्षा भएको छ । विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको र ऊक्त रेखा आगामी केही दिन सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहने देखिएकाले देशभर मनसुन थप सक्रिय हुने देखिएको छ ।