२१औँ ‘प्रकाश मानवअधिकार पुरस्कार’ यादवलाई


ललितपुर । इन्सेकका संस्थापक महासचिव स्वर्गीय प्रकाश काफ्लेको ३३औँ स्मृति दिवसका अवसरमा ‘प्रकाश मानवअधिकार पुरस्कार’ बारा जिल्लावासी सामाजिक अभियानकर्मी सुनिलकुमार यादवलाई प्रदान गरिएको छ । इन्सेक नेपालले शुक्रबार ललितपुरमा आयोजना गरेको विशेष कार्यक्रममा यस वर्षको पुरस्कार यादवलाई प्रदान गरिएको हो ।

यादवले चुरे संरक्षणमा पुर्याएको महत्त्वपूर्ण योगदानको कदरस्वरूप  ५० हजार नगदसहित सम्मान गरिएको हो । प्रकाश मानवअधिकार पुरस्कार प्रत्येक वर्ष मानवअधिकारको रक्षा, संवद्र्धन तथा सामाजिक रूपान्तरणका क्षेत्रमा विशेष योगदान दिने व्यक्तित्वलाई प्रदान गरिँदै आइएको छ । यस वर्ष चुरे क्षेत्रको संरक्षण, वातावरणीय अधिकार प्रवद्र्धन तथा जलवायु न्यायको क्षेत्रमा सक्रिय यादव पुरस्कृत भएका हुन् ।

करिब एक दशकदेखि चुरे र वनजङ्गल संरक्षण अभियानमा सक्रिय यादवले नेतृत्व गरेको अभियानमार्फत समुदायमा आधारित चेतनामूलक कार्यक्रम, युवाको सक्रिय संलग्नता, बहुपक्षीय संवाद र नीतिगत दबाबमार्फत प्रभावकारी वातावरणीय जागरण फैलाउने कार्य हुँदै आएको छ ।

पुरस्कार प्राप्त गरेपछि यादवले आफूलाई पुरस्कृत गरेकामा इन्सेकप्रति आभार व्यक्त गर्दै चुरे बचाऊ अभियानमा अझ सशक्त र क्रियाशील रूपमा लाग्ने प्रतिबद्धता जनाए ।