सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले पाए विश्वासको मत, पक्षमा ३०, विपक्षमा १५ मत


सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन् । बिहीबार प्रदेशसभा बैठकमा भएको मतदानमा शाहले विश्वासको मत पाएका हुन् ।

प्रदेशसभा बैठकमा ४५ जना सहभागी रहेकोमा मुख्यमन्त्री शाहको पक्षमा ३० र विपक्षमा १५ मत परेको थियो । प्रदेशसभामा एमाले ११ र कांग्रेस १८ तथा नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीले मत दिएका थिए ।

यसअघि नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि शाहले विश्वासको मत लिएका हुन् । नाउपाका ७ सांसद छन् । तीमध्ये ६ सांसद प्रदेश सभामा उपस्थित थिएनन् ।

५२ सदस्यीय (एक जना निलम्बन बाहेक) सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न २७ जनाको समर्थन चाहिन्छ ।