बागमती । बागमती प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीको शपथ स्थगित भएको छ । आज दिउँसो १ बजे गर्ने भनिएको शपथ समारोह प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको स्वास्थ्यमा समस्या आएको र बिहानै काठमाडौँ जानपर्ने भएका कारण शपथ कार्यक्रम स्थगित भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले जानकारी दिएका छन् ।
कांग्रेसभित्रको विवादका बीच मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार ३ मन्त्री नियुक्ति गरेका थिए । मुख्यमन्त्री लामाले गोविन्द लम्साल (आन्तरिक मामिला तथा कानुन), गीता गुरुङ (सहकारी तथा गरिबी निवारण) र माया श्रेष्ठ (युवा तथा खेलकुद) लाई नियुक्त गरेका थिए ।
मुख्यमन्त्री लामालाई संसदीय दलको नेताबाट हटाएर इन्द्र बानियाँ संसदीय दलको नेता चयन भएका छन् । बानियाँलाई मुख्यमन्त्री बनाउन दलको नेता परिवर्तन गरिएको हो । तर मुख्यमन्त्री लामाले मुख्यमन् त्री बन्न दलको नेता नचाहिने भन्दै राजीनामा नदिने बताउँदै आएका छन् ।


प्रतिक्रिया