
ओ मस्तिष्क, क्या छौ तिमी ?
ज्ञानीको खप्परमा विवेक हौ तिमी,
योगीको खप्परमा अध्यात्म हौ तिमी।
प्रेमीको खप्परमा निछावर हौ तिमी,
अपराधीको खप्परमा षड्यन्त्र हौ तिमी।
वेश्याको खप्परमा ‘प्रयोग’ हौ तिमी,
भ्रष्टको खप्परमा फगत धन हौ तिमी।
पपुलिस्टको खप्परमा प्रोपगाण्डा हौ तिमी,
सर्वसाधारणको खप्परमा सरल जीवन हौ तिमी।
उत्तरआधुनिकको खप्परमा भ्रम हौ तिमी।
ओ मस्तिष्क, क्या छौ तिमी ?
खप्पर-खप्परमा अनेक छौ तिमी।
राज्यसत्ताको राग बोकेकाहरूको मगजमा पर्ने जुका हौ तिमी,
लाभमा दास हौ तिमी,
समर्पणमा आकाश हौ तिमी।

प्रतिक्रिया