बागमती । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले मुख्यमन्त्री हुन संसदीय दलको नेता नै हुनु आवश्यक नरहेको बताएका छन् ।
संसदीय दलको नेताबाट हटाइएपछि पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री लामाले दलको नेताबाट हटेपनि आफूले मुख्यमन्त्रीबाट राजीनामा दिनु नपर्ने बताएका हुन् ।
आफूमाथि पार्टी भित्रबाटै विभिन्न प्रपञ्च रचिएकोबारे आफूले आजैमात्र थाहा पाएको भन्दै उनले सबैलाई मिलाएर अघि बढौं भन्दा विभिन्न जालहरू रचिएको बताए ।
उनले भने, ‘मलाई त संसदीय दलको नेताबाट हटाइएको हो । सरकार एउटा पाटो हो, दल एउटा पाटो हो । त्यसैले मैले सरकारबाट राजीनामा दिनुपर्छ भन्ने छैन । मुख्यमन्त्री हुनका लागि दलको नेता चाहिँदैन ।’
पूर्ण बहुमतको सरकारको लागि मात्रै संसदीय दलको नेता हुनु आवश्यक भएको भन्दै उनले गठबन्धनको सरकार भएकोले संसदीय दलको नेता हुन आवश्यक नभएको बताए । मंगलबार कांग्रेस संसदीय दलको बैठकमा भएको मत विभाजनमा अविश्वास प्रस्तावको पक्षमा २२ र विपक्षमा १५ सांसदले मत परेको थियो ।

प्रतिक्रिया