बीबीसी । गाजामा सहायता खोज्ने सर्वसाधारणमाथि इजरायली आक्रमणमा भएका हत्या ‘अमानवीय’ भएको भन्दै बेलायतसहित २७ मुलुकले इजरायलको कडा निन्दा गरेका छन् ।
संयुक्त वक्तव्य जारी गर्दै ती राष्ट्रहरूले गाजामा जारी युद्ध तत्काल अन्त्य हुनुपर्ने माग गरेका छन् । उनीहरूले गाजामा सर्वसाधारणको कगााभचष्लन ‘नयाँ गहिराइमा पुगेको’ बताएका छन् ।
वक्तव्यमा भनिएको छ, ‘इजरायली सरकारको राहत वितरण मोडेल खतरनाक छ, जसले अस्थिरता बढाउने मात्र होइन, गाजावासीलाई मानवीय गरिमा पनि खोसिरहेको छ। हामी राहतको थोपा–थोपा आपूर्ति र खानेपानी खोजिरहेका सर्वसाधारणको अमानवीय हत्याको घोर निन्दा गर्छौं।’
गाजाको हमास–नियन्त्रित स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार गत सप्ताहन्तमा मात्र १०० भन्दा बढीको सहायता पर्खिरहेका बेला इजरायली सेनाको गोलीबारीमा मारिएका थिए । कुपोषणका कारण थप १९ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।
वक्तव्यमा हस्ताक्षर गर्नेहरूमा बेलायतसहित अष्ट्रेलिया, क्यानडा, फ्रान्स, इटाली, जापान, न्युजिल्याण्ड, स्विजरल्याण्डलगायतका राष्ट्रहरू रहेका छन् । उनीहरूले युद्धको अन्त्यसाथै युद्धविराम र बन्धक मुक्तिको प्रस्तावमा सहमति खोज्न आह्वान गरेका छन् ।

प्रतिक्रिया