थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन शाही मानहानिको मुद्दाको बचाउ गर्दै अदालतमा


बैंकक । थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राले शाही मानहानिको आरोपविरुद्ध आफ्नो बचाउ गर्दै बुधबार अदालतमा बयान दिएका छन् ।

थाक्सिनलाई बैङ्ककको बन्द कोठामा भएको सुनुवाइमा दोषी ठहर गरिएमा १५ वर्षको जेल सजाय हुन सक्छ । उनलाई ‘लेस मेजेस्टे’ कानूनको उल्लङ्घन गरेको आरोप लगाइएको छ। ‘लेस मेजेस्टे’लाई कानून थाइल्याण्डको शाही परिवारलाई दुव्र्यवहार र आलोचनाबाट जोगाउने कडा कानूनको रूपमा हेरिन्छ ।

बितेको २५ बर्षदेखि ७५ वर्षीय प्रभावशाली टेलिकम उद्योगपति थाक्सिन सिनावात्रा थाई राजनीतिको एक परिभाषित व्यक्तित्व भएका छन् जसले परम्परागत शाही समर्थक सैन्य अभिजात वर्गसँग मिलेर काम गर्दै थाइल्याण्डमा एक राजनीतिक वंशको स्थापना गर्न सफल भएका छन् ।

सिनावात्राकी छोरी पेटोङ्टार्न सिनावात्रालाई यसै महिना प्रधानमन्त्रीबाट निलम्बन गर्नुले उनीहरूको परिवारको राजनीतिक भाग्यमा नाटकीय ह्रास आएको विश्लेषकहरूले बताएका छन् ।

थाक्सिनले एक दशकअघि दक्षिण कोरियाली सञ्चारमाध्यमलाई दिएको टिप्पणीमा अभियोजन पक्षको मुद्दा घुमेको छ । केही हप्ताभित्र फैसला आउने अपेक्षा गरिएको छैन ।

थाक्सिनका वकिल विन्यात चटमोन्त्रीले एएफपीसँग कुरा गर्दै आफूले बिहान बयान दिएको र अझै थप बयान पनि जारी रहने बताए ।

थाक्सिनका करिब ५० जना समर्थकले उनको राजनीतिक आन्दोलनको रातो रङको सर्ट लगाएका थिए र त्यसमा उनको अनुहारको चित्र अङ्कित थियो ।

थाक्सिनका शुभचिन्तक ७९ वर्षीय रिटायर्ड एकाउन्टेन्ट भेउ विलाइलाकले एएफपीसँग भने, ‘उहाँ निकै प्रतिभाशाली व्यक्ति हुनुहुन्छ । तर विगतको अनुभवबाट, खराब मानिसहरू केवल उहाँबाट छुटकारा पाउन चाहन्छन् ।’

थाक्सिन सन् २०२३ को अगष्टमा १५ वर्ष निर्वासन जीवन बिताएर थाइल्याण्ड फर्किएका थिए । आफ्नो परिवारको फेउ थाई पार्टीले आफ्ना रूढिवादी पूर्व शत्रुहरूद्वारा समर्थित गठबन्धन सरकारको प्रमुखको रूपमा पदभार ग्रहण गरेकै दिन उनी स्वदेश फर्किएका थिए । नयाँ सरकार गठनसँगै उनी स्वदेश फर्किनुलाई गोप्य सम्झौतापछिको परिस्थितिकारूपमा व्यख्या गरिएको थियो ।

थाक्सिनलाई भ्रष्टाचार र शक्तिको दुरुपयोगको अभियोगमा तत्काल आठ वर्षको जेल सजाय सुनाइएको थियो र पछि राजा महा वजिरालोङकोर्नले माफी दिएपछि एक वर्षको जेल सजाय सुनाइएको थियो।