काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले घुस काण्डमा मुछिएका दुई मन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।
सोमबार सामाजिक संजालमार्फत सांसद सिंहले यस्तो गम्भीर प्रश्न उठ्दा पनि पदमा टाँसिइरहनु लाजमर्दो विषय भएको भन्दै दुई मन्त्रीलाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेका हुन् । उनले राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने बताएका छन् ।
उनले भनेका छन्,‘देश बिचौलियाको कब्जामा छ मैले बारम्बार भन्दै आएको छु । त्यसको ज्वलन्त उदाहरण संघीय मामिला मन्त्रीको अडियो काण्ड ।देशैभर को विभिन्न मालदार कार्यालयहरुमा बिचौलियाको चाहना र स्थानीय तहमा मेयरको रोजाइमा पर्ने कर्मचारी लैजानमा संघीय मामिला मन्त्रालय बिगतदेखि नै सेटिङ रहेको कुरा आमनेपालीलाई थाहा छ । एमालेका २ नेता एवं मन्त्रीमाथि गम्भीर प्रश्न उठेको छ । घटनाको सत्यता र अडियोको आधिकारिकता जाँच हुँदै जाला । तर यस्तो गम्भीर प्रश्न उठ्दा पनि पदमा टाँसिइरहनु लाजमर्दो विषय हो । दुबै मन्त्रीले नैतिकताका आधारमा राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छ।’

प्रतिक्रिया