बीबीसी । मध्य टेक्सासमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या ७८ पुगेको छ भने ४१ जना अझै बेपत्ता भएका छन् । शुक्रबार बिहान आएको आकस्मिक बाढीले सर्वसाधारणसहित बालबालिकाहरूलाई समेत ठूलो क्षति पुर्याएको स्थानीय अधिकारीहरूले जनाएका छन् ।
कर काउन्टी सबैभन्दा बढी प्रभावित क्षेत्र बनेको छ, जहाँ २८ बालबालिकासहित ६८ जनाको मृत्यु पुष्टि गरिएको छ। ग्वाडालुपे नदीको किनारमा रहेको ख्रीष्टियन बालिका शिविर पूर्ण रूपमा डुबानमा परेपछि त्यहाँका १० बालिका र एक काउन्सिलर अझै सम्पर्कविहीन छन् ।
शिविर क्षेत्रमा शुक्रबार बिहान ४५ मिनेटभित्रै ग्वाडालुपे नदीको सतह २६ फिट (८ मिटर) ले वृद्धि भएपछि अधिकांश बालबालिका सुतिरहेको समयमा शिविर डुबानमा परेको थियो। मृतकमध्ये क्याम्प मिस्टिकका दीर्घकालीन निर्देशक रिचर्ड ‘डिक’ इस्टल्यान्ड पनि परेका छन्।
बेपत्ता व्यक्तिहरूको खोजी जारी रहे पनि उद्धारकर्मीहरू विषालु सर्प, बाक्लो हिलो र भग्नावशेषका कारण जटिल परिस्थितिसँग जुधिरहेका छन् । मौसमविद्हरूले आगामी ४८ घण्टासम्म पुनः वर्षा हुनसक्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया