एसीसी यू–१६ इस्ट जोन कप च्याम्पियन नेपाली टोली स्वदेश फिर्ता


काठमाडौं । एसीसी पुरुष यू–१६ इस्ट जोन कपको च्याम्पियन बनेको नेपाली टोली स्वदेश फर्किएको छ । टोली गएराति स्वदेश फर्किएको हो ।

खेलाडीहरूलाई नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
नेपालले शनिबार मलेसियाको क्वालालम्पुरमा सम्पन्न फाइनलमा सिंगापुरमाथि दुई विकेटको जित निकाल्दै च्याम्पियन बनेको थियो ।