-टीकाराम भट्टराई ।
आयोजकको औपचारिक निमन्त्रणा पाएर मदन भण्डारी फाउन्डेसनको मदन जयन्तीको शनिबारको कार्यक्रममा मैले पनि सहभागिता जनाएँ । मेरो अनुभूति यस्तो रह्यो
१ . पूर्वराष्ट्रपति दलिय राजनीतिमा आउन हुने नहुने कुरा निरपेक्ष सही वा गलत होइन । यो विषयमा विमर्श जारी रहनु पर्दछ । त्यो विषयमा अहिले मेरो कुनै टिप्पणी छैन ।
२. तर राष्ट्रियसभा गृहमा जे दृष्य देखियो त्यसमा मेरो अनुभूति जस्ताको तस्तै:
क . पछिल्लो एमाले विभाजन पछि निष्क्रिय बसेका वा असन्तुष्ट भएका वा मौन बसेका नेता कार्यकर्ताको उत्साहजनक सहभागिता देखियो ।
ख. कोअर्डिनेशन केन्द्र कालदेखि निरन्तर नेतृत्वमा रहेका वरिष्ठ नेताहरु अमृत बोहोरा, ईश्वर पोखरेल, युवराज ज्ञवाली, मुकुन्द न्यौपाने, सुरेन्द्र पाण्डे समेतको उपस्थितिमा विद्या भण्डारीले राजनीतिमा पुनः सकृय हुने घोषणा गर्दा हलमा कर्तलध्वनी सहितको ताली बजेको थियो।
ग . यो सभा विगत दशवर्ष यता त्यो हलमा भएका मध्येको खचाखच र ओभर क्राउडेड कार्यक्रम हो भन्ने टिप्पणी धेरैबाट सुनियो भने सभामा युवादेखि जेष्ठ नागरिक सबै उमेर समूहका मानिसहरु धैर्यतापूर्वक अन्तिमसम्म बसेको देखियो।
घ . कार्यक्रम पश्चातको अनौपचारिक गफमा ईश्वर पोखरेलको खुलेको भाषणको बारेमा धेरैले प्रतिक्रिया जनाएको पाइयो । लाग्दथ्यो उहाँले वरिष्ठ नेताको हैसियतमा पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा औपचारिक आमन्त्रण गर्दै हुनुहुन्थ्यो ।
ङ . एमालेको आन्तरिक जीवनमा पूर्वराष्ट्रपति भण्डारीको घोषणाले कस्तो असर पर्ला निकट भविष्यमा प्रकट होला तर त्यहाँ अभूतपूर्व उत्साह देखिन्थ्यो ।

प्रतिक्रिया