काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीलाई कतिपय भूतपूर्व मन्त्री, राजनीतिक दल, व्यापारीको सुरक्षामा खटाउनु ऐन तथा कानुन विपरीत र बेठीक रहेको भन्दै फिर्ता लिन माग गरेका छन् ।
शनिबारको प्रतिनिधिसभा बैठकमा सांसद ज्वालाले गृहमन्त्रीसँग खटाइएका ती सुरक्षाकर्मीहरू फिर्ता पठाउन माग गर्दै कति सुरक्षाकर्मी कहाँकहाँ खटिएका छन्, सोको विवरण माग गरे ।
उनले भने, ‘यतिबेला सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीका धेरै सुक्षाकर्मीहरुलाई भूतपूर्व मन्त्रीहरु, कतिपय राजनीतिक दलका नेताहरु, कतिपय व्यापारीहरुको सुरक्षामा खटाएको छ । ऐन कानुनविपरीत यसरी सुरक्षाकर्मीहरुलाई खटाउने कुरा निश्चित रुपमा पनि गम्भीर, बेठीक र गलत छ ।’
उनले आफू पनि मन्त्री भएको तर पदबाट हटेकै दिन सुरक्षाकर्मी फिर्ता गरिदिएको बताए । आफू मन्त्री भएको बेला खटिएको सुरक्षाकर्मीहरु अहिले पनि भूतपूर्व मन्त्रीको पछाडि लुरुलुरु हिँडिरहेका बताए ।

प्रतिक्रिया