चोभार गल्छीबारे भ्रम


-राजेन्द्र थापा

चोभारको wide ‘U’ shaped gorge गल्क्षी कुनै मन्जुश्रीले उडेर चीनबाट आएर काटेको पुरानो समयको अज्ञानताको कथालाई आज पनि नेपाली भूगोल इतिहास र सञ्जालमा डा. या विज्ञ लेख्ने मुर्खहरुले लेख्ने र हामी त्यसै भन्नेहरु । २५ करोड वर्षअघि अफ्रिकाको एक अङ्ग सर्दै उत्तरपूर्व जाँदा २० करोड वर्ष लगाएर तिब्बतमा ठोकेपछि समुद्री पिंधबाट उठेको भाग हो पुरै हिमाल महाभारत श्रृङ्खला, चुरे सिवालिकलगायत यसका सबै नदीनाला जमिन पोखरी आदि सबै ।

मन्जुश्रीका महाशयजीहरु ,
त्यो भएको हो ५ करोड वर्ष पहिले । तत्कालै हिमालबाट नदी निस्के । हराभरा तिब्बत जाने मनसुन छेकिएर वर्षासँगै नदी ताल बने र उपत्यकाको ताल पनि ५ करोड वर्षैदेखि निकास नभएकोले ताल बनेको । पानी जम्मा हुन थालेदेखि पानी सबैभन्दा होचो दक्षिणी चौभारमा दवाब दिन थाल्यो । तर चमत्कार त्यहीँ मात्र लाइम चुन हुनु । पानीले चुनलाई पगाल्दै छिर्दै जाने कारण चौभारमा कडा कटाई पाँच करोड वर्ष पहिले नै शुरु भयो भनेर भूगोल नपढेको बच्चाले पनि भन्छ । कयौं करोड वर्षमा बल्लबल्ल छेद घुसाउंदै चट्टान भित्रभित्र पस्दै गएको हो । तलको प्वाल दक्षिण र दायाँबायाँ तथा केही उपरतिर जहाँजहाँ लाइम छ त्यहाँ काट्दै जाँदा करोडौ वर्षमा सम्भवत निकास भयो ।

त्यसपछि दवाव कटान बढ्दा अब गति छिटोछिटो हुँदा पनि यो स्थितिमा यु आकारको चौडा पेसेज बन्न पनि अर्को करोडौं वर्ष लागेकोले यो गल्छीको उमेर नै कयौं करोड वर्ष भए । संजोग त्यसका दायाँबायाँ हार्ड रक भएकोले अरु दायाँबायाँ उडाएर चौडा नदी निकास या रिभर भ्याली पनि बनेन । चोभारबाट सिधै जमिन होचो नभएर अग्लो पहाड रक भएको भएपनि शायद ताल निकास हुन्थेन । त्यहाँ ब्लक भएर अर्को रुपको ताल हुन्थे । होमो सेपियन्स बन्नु भन्दा कयौं करोड या लाख वर्ष पहिले नै ताल सुकेर घना मैदान जङ्गल बनिसकेको काठमाडौंको गल्छी चिनियाँ मन्जुश्रीको खड्ग तरवार खुँडाले काटेको भन्ने मिथलाई सत्य मानेर लेख्ने अचेतहरु आजै पनि फेसबुकमा पाइयो हिजो गल्छी बढाउने बिषयक छलफल भएको कारण ।

तलवार या शमशिर पहिलो पटक २ शताब्दीमा भएपनि उपयोगमा भने सात शताब्दीमा शुरु भएको हो मानवले । चेप्टो ढुङ्गे हतियार उपयोगको हजारौं वर्षपछि आइरन एजको हजारौं वर्ष बितेपछि फलामको तलवार बनाउन जानेको हो । पहिले फलाम पछि ब्रोन्जको । तर मानव रुखमा हुने समय भन्दा करोडौं वर्ष पहिले उडेर तलवारले गल्छी काट्ने कुन ग्रहबाट आएको ? अनि किन काटेको ? कस्तो र केको थियो तलवार ? कि अर्को ग्रहको लेजर तलवार थियो कि ? तर लेजरले होइन किनभने सिधा छैन गल्छी कतै चौडा कतै साँघुरो कतै दायाँ कतै बायाँ छुस्स काटेको फाटेको ।

म भुगोलको विद्यार्थी भएकोले २०२४ सालमा एकएक कुना हेर्दै बुझ्दै चौभार गल्क्षीको अध्ययन गरेको थिएँ । र भि गल्छीको सानू नमुना भने गोकर्णमा रिजर्भको उत्तरमा अध्ययन गरेको थिएँ । यदि उपत्यकाको सबैभन्दा होचो र चौडाई कम भएको तथा एकैचोटी जमिन होचो भएकै सबैभन्दा फ्रजाइल कमजोर किनार चौभारमा त्यती केही फिट जमिनमा लाइम नभएको भए आजसम्म यहाँ ताल नै हुन्थे । र टुरिष्ट आउँथे या यसबेलाको गणतन्त्रले कसैलाई ताल नै १०० वर्षको ठेक्कामा दिइसकेको हुन्थे । यति ग्रुपका रिसोर्ट र चन्द्र ढकालका केबल कार ।
दुई किसिमका गर्ज गल्छी बन्छ

१) ‘U’ Shaped

२) ‘V’ Shaped

चौभारको यु हो । तल पिंधमा लाइम र दायाँबायाँ हार्ड नदी पानीले तलतल पातल काट्दै लान्छ र भि जस्तो बनाउँछ ।
के चौडा बनाउने ? अध्ययन हुनुपर्छ । बनाउन गाह्रो छैन ।तर

१) भेल चौडा हुँदा त्यसपछिको भूगोललाई नोक्सानी हुनसक्ने

२) नजिकलाई नियन्त्रणमा ल्याउन सकिएला तर त्यसपछि तल चुरे र तराईसम्म नि के केही क्षति हुन्न त ?

३) चोभारकै दायाँबायाँका संरचनाको बनावट कुन पत्थरको र कुन फ्रजाइल अवस्थामा छ ? भर्खर पाँच करोड वर्षको यो हिमाली भेग भएकोले अर्को ४०/५० करोड वर्षसम्म योङ माउन्टेन नै हो । कमसेकम यो पढेपछि मन्जुश्री र तरवारको गफ घर स्कुल मा नपढाऔं । तसर्थ आफ्नो घरको ढल फोडेर सडकमा छोड्ने कुबुद्धिहरुको ज्ञान छताछुल्ल बाढी जमेदेखि आएको छ । अर्ध खोपडीबाट चोभार मुनीका र गल्छी साइडकै संरचनालाई बचाउ हे प्रभु !