काठमाडौं । सामुदायिक र निजी विद्यालयको पूर्वप्राथमिक शिक्षा (इसीडी)मा समान अवधि राख्ने सहमति भएको छ । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबारको बैठकले पूर्व प्राथमिक शिक्षालाई दुई वर्षभन्दा भन्दा बढी अवधि नहुने गरी सञ्चालन गर्न पाउने प्रावधान सर्वसम्मत रुपमा पारित गरेको हो ।
त्यस्तै बाल सहजकर्ताको रुपमा नियुक्ति हुन कम्तीमा १२ कक्षा पढेको हुनु पर्ने प्रावधान पनि राखिएको छ । उनीहरुलाई दिने सुविधा दिनु पर्ने र सुविधा कम नहुने गरी स्थानीय कानुनमा भए बमोजिम दिनु व्यवस्था गरेको छ ।
सेवा प्रवेश तालिम लिनु पर्ने व्यवस्था राखिएको छ । अहिले कार्यरत शिक्षकले आयोगले लिने परीक्षामा उमेर हद नलाग्ने व्यवस्था गरेको छ । सरकारले इसीइडीमा पढाउने शिक्षकलाई सहयोगी कार्यकर्ता भन्ने गरेकोमा उपसमितिले बाल सहजकर्ताको रुपमा परिचय दिएको छ ।

प्रतिक्रिया