काठमाडौं । प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा.ज्ञानेन्द्रमान सिंह कार्कीले चिकित्सकहरुलाई दुःख दिने हो भने २४ घण्टाभित्र नेपालका सम्पूर्ण स्वास्थ्य क्षेत्र बन्द गर्ने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित चिकित्सकीय अभ्यास सम्बन्धि मुद्दामा उपभोक्ता अदालतले गरेको निर्णयको विषयमा छलफल कार्यक्रममा कार्कीले नेपाल चिकित्सक संघ लड्नको लागि सक्षम भएको भन्दै चिकित्सकहरुको कुरा नसुने २४ घण्टाभित्र स्वास्थ्य क्षेत्र बन्द गर्ने सरकारलाई अल्टिमेटम दिनुपर्ने बताए ।
उनले भने, ‘नेपाल चिकित्सा संघ सक्षम छ लड्नको लागि अन्याय भएको छ भने सरकार समक्ष गएर भन्नुपर्यो, अब तपाईंहरु सडकमा आउनुपर्छ र सरकारलाई अल्टिमेटम दिनुपर्छ । यदि यो कुरालाई पुन विचार भएन भने चिकित्सकहरुलाई दुख दिइन्छ, मुद्धा लगाइन्छ र क्षतीपूर्तीको माग गरिन्छ भने २४ घण्टाभित्र नेपालका सम्पूर्ण स्वास्थ्य क्षेत्र बन्द गरदिन्छौँ । यत्रो वर्ष काम गरिसके पछि अहिले आएर हामी रुने ?’
यस्तै, उनले विगतमा भन्दा आजको दिनमा अलिकति भएपनि नेपालमा कानून बनेको भन्दै केही भयो भने कानूनी सहायता लिन सक्ने बताए । कसैको मृत्यु डाक्टरहरुको हातमा नभएको भन्दै बिरामीहरुको मृत्युको कारण डाक्टरलाई मान्न नसकिने पनि उनको भनाई छ ।

प्रतिक्रिया