काठमाडौँ । नेकपा एकीकृत सामाजवादीका सांसद प्रकाश ज्वालाले उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले गणेशमानको नाम बदनाम गरेको आरोप लगाएका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद ज्वालाले उपप्रधानमन्त्री सिंहले गणेशमानको बदनाम गरेको भन्दै संसदमा माफी माग्न आग्रह गरेका हुन् ।
गणेशमानको नाममा करिब ५७ करोड बजेट छुट्याएको भन्दै ज्वालाले यसबाट गणेशमानको बदनाम भएको बताए ।
उनले भने, ‘गणेशमानको नाममा करिब ५७ करोड बजेट, कुनै उत्पादनमूलक काममा होइन, कुनै युवालाई रोजगारी दिने कार्यक्रममा होइन, अनुत्पादक संरचना बनाउने नाममा गणेशमानलाई बदनाम गर्नु भयो तपाईंले । तपाईं माफी माग्नुस यो रोष्टमबाट । गणेशमानको हाइट यस्तो होइन । गणेशमानलाई सबैले सम्मान गर्छन् तपाईंले अपमान गर्नुभयो ।’
सांसद ज्वालाले बजेटमा अत्याचार र दादागिरी गरिएको भन्दै देशभरका जनताले बजेट पाउने अधिकार राख्ने बताए ।

प्रतिक्रिया