एक किलो सुनसहित त्रिभुवन विमानस्थलबाट एक भारतीय पक्राउ


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक भारतीय नागरिक पक्राउ परेकी छन् ।

एयर अरेबियाको उडानमा दुबईबाट मंगलबार राति काठमाडौं आएकी आएकी भारतीय नागरिक ५३ वर्षीया खेमानी मिना सुजित सिंह पक्राउ परेकी हुन् । उनको साथबाट ११६० ग्राम सुन बरामद गरिएको विमानस्थल प्रहरीले जनाएको छ ।